Logo
Logo

गाउँमा भित्रिए १५ लाख, सहरमा भन्दा बढ्यो जोखिम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ चैत ।
कोरोना संक्रमणको जोखिम सहरमा भन्दा गाउँमा बढेको छ । गाउँमा ठूलो संख्यामा सर्वसाधरण पुगेको र लकडाउनको नियम समेत अवज्ञा हुने भएकाले जोखिम बढेको छ ।
गाउँमा भारतबाट मात्र करिब पाँच लाख पुगेका छन् । त्यस्तै विदेशबाट आएका करिब १५ हजारमध्ये धेरे जसो उपत्यका बाहिर नै छन् । उपत्यकाबाट पनि करिब पाँच लाख विभिन्न जिल्ला पुगेका छन् । गाउँमा प्रहरीको उपस्थिती नहुने भएकाले घर घरमा जम्मा भएर बस्ने प्रवृत्ती छ । जसका कारण जोखिम बढेको हो ।

:jf:Yo k/LIf0fkl5 3/ hfFb}
/fdk’/, !) r}t M
k|b]z g+ % / u08sL k|b]zsf] l;dfgf sfnLu08sLsf] s]nfbL k’ndf /fdk’/ gu/kflnsfn] sf7df8f}Faf6 lgMz’Ns a; ;]jf ;~rfng u/L /fdk’/ leqofPsf !%) hgfnfO{ :jf:Yo k/LIf0fkl5 3/ k7fpFb} . t:jL/ M ;’zLnf /]UdL÷/f;;

विदेशबाट फर्किएकामाथि निगरानी राख्न स्थानीय तहलाई निर्देशन
बैठकले विदेशबाट फर्किएकाको विवरण संकलन गरेर निगरानी राख्न स्थानीय तहलाई निर्देशन दिएको छ । पछिल्लो समय ठूलो सख्यामा सर्वसाधरणहरु विदेशबाट फर्किएको र त्यसमध्ये कतिपय सक्रमित हुन सक्ने भएकाले निगरानी गर्न भनिएको छ । तेस्रो देशबाट आएका मात्र नभई भारतबाट आएकामाथि समेत निगरानीमा राख्न भनिएको छ । उनीहरुको बारेमा हरेक दिन अद्यावधिक गर्न भनिएको छ । साथै प्रहरीलाई पनि सरकारले शंकास्पद बिरामी खोज्न परिचालन गरेको छ ।

उपत्यकाबाट बाहिरिने पाँच लाख
१ चैतदेखि १० चैतको अवधिमा पाँच लाख सर्वसाधरणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्याङक छ । यो अवधिमा १२ लाखले उपत्यका छाडेकोमा सात लाख भित्रिएका थिए । बाहिरिनेमध्ये कतिपय उपत्यका आएर जानेहरु समेत छन् । उपत्यकाबाट धेरै जसो भिडभाडमा सार्वजनिक यातायात चढेर गृहघर गएका छन् ।
भारतबाट १० लाख भित्रिए
चेकजाँच सुरु गरेयता भारतबाट मात्र करिब १० लाख नेपाल आएका छन् । सशस्त्र प्रहरी बलको तथ्याङकअनुसार यो अवधिमा सशस्त्र र स्वाथ्यकर्मीले मात्र भारतबाट आउने करिब सातको स्वास्थ्य परीक्षण गरेका छ । २४ फागुनदेखि १२ चैतसम्म सशस्त्र प्रहरीको हेल्प डेस्कमा सात लाख चार हजारको ज्वरो परीक्षण गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए । कतिपयलाई सेनाको स्वास्थ्य टोलीले परीक्षण गरेको थियो । भने कतिपय परीक्षण नै नगराई भित्रिएका थिए । जसअनुसार भारतबाट १० लाख भित्रिएको र त्यसमध्ये आधा जसो भारत
भारतमा संक्रमण देखिएयता सीमामा परीक्षण थालिएको थियो । भारतबाट आएका कतिपयलाई क्वारेन्टाइनमा राखिएकोमा उनीहरु भागेका थिए ।

गृह मन्त्रालयको एक विश्लेषणअनुसार यो अवधिमा २० लाख सर्वसाधरण गाउँ पुगेका छन् ।
सहरमा कडाई भएपछि ग्रामिण क्षेत्रमा राज्यमा कडाई हुन सकेको छैन । सर्वसाधरणहरु जम्मा हुने गरेका छन् । साथै भिडभाडमा सार्वजनिक सवारी साधन प्रयोग गरेर गएकाले पनि कतिपयलाई संक्रमण फैलिएको आशंका गरिएको छ ।
९ दिनमा विदेशबाट १५ हजार आए
१ चैतयता विभिन्न देशबाट नेपालमा १५ हजार जना भित्रिएका छन् । उनीहरुलाई सरकारले अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनेको थियो । तर, अनुगमन हुन सकेको छैन ।
संक्रमणका पछिल्ला दुवै संक्रमित विदेशबाट आएको प्रष्ट भइसकेको छ । अन्य १५ हजारमध्ये अरुलाई पनि संक्रमणको आशंका छ । तर, उनीहरु कहाँ छन् भने राज्यलाई जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्