
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो। सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘पीडितहरूको विश्वास जित्न नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ।’
पोखरास्थिजत एक सहकारीका बचतकर्ताको रकम ठगी गरेको गृहमन्त्री लामिछानेमाथि आरोप छ ।














