Logo
Logo

नेपालमा कोरोना : हालसम्म ६८७ मा परीक्षण, ६८४ मा नेगेटिभ र तीन जनामा पोजिटिभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वलाई नै आक्रान्त बनाइरहेको छ । दुई महिनाअघि चीनको वुहानबाट फैलिएरहेको यो भाइरस विश्वको १९२ मुलुकमा फैलिइसकेको छ ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । अहिलेसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकानुसार नेपालमा ६८७ जनाको कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ तथा तीन जनामा पोजिटिभ देखिएको छ ।
सुरुमा चीनबाट आएका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको छ । त्यसपछि फ्रान्सबाट आएकी एक महिलामा पोजिटिभ देखिएको थियो । यस्तै खाडी मुलुकबाट आएका अर्को एक जनामा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पोजिटिभ पाइएपछि संख्या तीन पुगेकोे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएको बुधबार जनाएको हो । यसस“गै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि थप रणनीति अपनाउने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि सरकारले नया“ रणनीति अपनाउन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिले अपनाइएको रणनीतिलाई अब थप मजबुत बनाइनेछ । बुधबार खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका क्रममा कोभिड–१९ पोजिटिभ देखिएको थियो ।
यसअघि फ्रान्सबाट कतार हुँ“दै आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजिटिभ देखिएको थियो । उनीहरु दुवैजनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि चीनबाट आएका एक जनामा पनि संक्रमण देखिएको थियो । उनको उपचारपछि निको भइसकेका छन् । यससँगै अहिलेसम्म नेपालमा तीन जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै विदेश आएका हुन् । त्यसैले पनि सरकारले संक्रमण रोकथामका लागि थप रणनीति अपनाउन लागेको हो ।
डा. देवकोटाले भने, ‘हिजोसम्म एउटा मात्र केस थियो । हामीले निको बनाएर पठाएका थियौ“ । तर, अहिले लगातार थप दुई वटा केस देखिन थालेपछि अब हामीले केही रणनीति बनाउनुपर्ने हुन्छ ।’ उनका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टाइनमा राख्ने र त्यसबाट अरुलाई सार्न नदिने तथा क्वारेन्टाइनमा बसेकालाई केही समस्या परेमा उपचार सरकारले गर्नेछ ।
विदेशबाट आएका सबैको परीक्षण गर्न जरुरी नभएको भन्दै उनले आ–आफ्ना घरमा बसे भने पनि संक्रमण फैलिन नपाउने बताए । विदेशबाट आएका सबैको नमूना परीक्षण जरुरी नभएपनि उनीहरु आफ्नै घरमा एक्लै बस्न आवश्यक रहेको उनले बताए । ‘विदेशबाट आएकाको लक्षण देखियो भने आइसोलेशनमा राखेर परीक्षण गर्ने हो’ उनले भने । उनले अझैपनि नेपालमा कोभिड–१९ पोजिटिभ देखिन सक्ने बताएका छन् ।
यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्नका लागि अस्पताल बनाउन थालिएकाले उनको भनाइ थियो । उनका अनुसार हाल शुक्रराज अस्पतालमा एक हप्तामा चार हजार जनाको नमूना परीक्षण गर्न सक्ने क्षमता छ ।
त्यस्तै, सरकारले खरिपाटीमा एक हजार शय्या निर्माण गर्ने निर्णयको कार्यान्वयन हुँदैछ भने निजी अस्पताल पनि छुट्टै भवन दिन सक्ने बनाउन मन्त्रालयले चिठी पठाएकाले बिरामी राख्न समस्या नहुने उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कोरोना भाइरस रोकथाम गर्न केही चुनौतीसमेत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्