Logo
Logo

देश तस्करहरुको महाजालोमा फस्यो : सांसद केसी


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको महाजालोमा फसेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग उनले गरे ।

‘देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो’ उनले भने, ‘तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस् । जो दोषी छन्, उनीहरूमाथि कारबाही होस् ।’

प्रतिक्रिया दिनुहोस्