Logo
Logo

उत्कृष्ट अनुसन्धानकर्ता बनेका डिएसपीले नै सुन तस्करी प्रकरणमा गरे गम्भीर त्रुटि



काठमाडौं । गत वर्षको उत्कृष्ट अनुसन्धानकर्ता बनेका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम बहादुर कुँवरलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले कारबाहीको लागि सिफारिस गरेको छ । 

२०७९ सालको प्रहरी दिवसमा इलाका प्रहरी कार्यालय, बिर्तामोडमा कार्यरत डिएसपी कुँवर उत्कृष्ट अनुसन्धानकर्ता बनेका थिए । उनले गत असारमा कोशी प्रदेशबाट पनि सर्वोत्कृष्ट प्रहरीको पुरस्कार पाएका थिए ।

तर, सुन तस्करीको छानबिनमा उनै डिएसपी कुवँरलगायतले गम्भीर त्रुटि गरेको जाँचबुझ आयोगको निष्कर्ष छ ।  आयोगले सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको छ । 

उनीहरूले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ ।  आयोगले सुन तस्कर जोगाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारी नै संलग्न ठहर्‍याएको छ । 

आयोगले सीआईबी प्रमुख किरण बज्राचार्यलाई समेत विभागीय कारबाही गर्न सिफारिस गरेको छ

प्रतिक्रिया दिनुहोस्