Logo
Logo

दाङमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु


441
Shares

दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् ।

लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका– १७ सिस्ने खोलानजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्