Logo
Logo

अनेरास्ववियुका २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइयो


1.8k
Shares

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चारजना स्थायी कमिटी सदस्यसहित २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव नरेश रोकायले सर्कुलरमार्फत पठाउँदै संगठनको नियमित अभियानमा क्रियाशील नभएका र स्वेच्छिक विदा लिन चाहेनहरुलाई जिम्मेवारीबाट विदा दिइएको हो ।

विदा हुनेमा स्थायी कमिटी सदस्य मोनालिसा श्रेष्ठ, निकुञ्ज पाण्डे, धर्मराज न्यौपाने र डा. अनित सिन्हासहित २६ जना रहेका छन् । बैठकले केन्द्रीय कमिटी, विभाग र आयोगहरुमा नयाँ सदस्य थप गरेको छ । थप गरिएका नयाँ केन्द्रीय सदस्यीहरुलाई चैत १३ गते सपथ गराउने कार्यक्रम रहेको जानकारी गराएको छ ।

यस्तो छ थप नयाँ सदस्यहरुको नामावली

प्रतिक्रिया दिनुहोस्