Logo
Logo

कोभिड-१९ : कामनपाले यसरी छर्कँदै छ कीटनाशक औषधि


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, १३ चैत । विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किन थालिएको छ । काठमाडौ महानगरपालिकाले बुधबारदेखि कीटनाशक औषधी छर्कन सुरु गरेको हो ।
यस क्रममा बिहीबार बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताए ।
सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले उक्त कार्य शुरु गरेको हो । कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ ।
मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधी छर्कने कामको शुरुआत भएको थियो ।
कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्यांंकरमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने सापकोटाले बताए । प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्