Logo
Logo

कोरोनाको ‘लकडाउन’ सुनसान देश (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


लकडाउनको तेस्रो दिन बिहीबार सुनसान देखिएको काठमाडौँको नयाँबानेश्वर चोक

काठमाडौं, १३ चैत । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन बिहीबार काठमाडौं उपत्यका सुनसान देखिएको छ ।
अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाइएसँगै बजार सुनसान भएको हो । सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र गुडेका छन् । गल्ली–गल्लीका मानिसहरु फाट्ट फुट्ट निस्किएपछि सुरक्षाकर्मीmे सम्झाएर फकाउँने गरेका छन् । काठमाडौंका मुख्य सडक सुनसान बनेको छ ।

बिहीबार विराटनगर महानगरपालिकाको पहाडगछमा देखिएको सुनसान बजार ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गरेको तेस्रो दिन बिहीबार त्यसको पूर्णरुपमा पालना भएको छ । उनले पहिलो दिन उल्लंघन भएप्नि कतिले लकडाउनको अर्थ नबुझेका दोस्रो दिन केही कम उल्लंघन भएको बताए । उनले बिहीबार पूर्णरुपमा पालना भएको बताउँदै भने, ‘प्रहरीले ‘कृपया घरमै बस्नुस्’ भनेर उपत्यकाभरि माइकिङ गरिरहेको छ ।’ प्रहरीले उपत्यकाका ३२ ठाउँबाट माइकिङ गर्ने व्यवस्था गरेको छ । प्रहरीको भ्यानमा माइक राखेर सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ ।
साथै, टोलटोलमा गएर समेत प्रहरीले घरमै बस्नुस्, तपाईं र तपाईंको परिवारको सुरक्षाका लागि हो भनेर सचेतना जगाउने काम गरिरहेको छ । प्रवक्ता बोगटीले भने, ‘सरकारका लागि वा प्रहरीका लागि घरमा बस्नु भनेको होइन, आफ्नो ज्यान जोगाउनका लागि भनेर बुझाइरहेका छौँ ।’

बिहीबार सुनसान देखिएको धनगढीको मुख्य चौराहा बजार ।

प्रहरीले पहिलो र दोस्रो दिन लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरेको थियो । तर, बिहीबार पूर्णरुपमा लकडाउनको पालना भएको हुनाले मध्यान्ह्सम्म एकजनालाई पनि पक्राउ गर्नु नपरेको उनले बताए ।

उपत्यका मात्र नभएर तीन दिनयता देश नै सुनसान बनेको छ । कोरोना संक्रमणको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै गाउँदेखि सहरसम्म सुनसान बनेको हो ।
लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरेपनि त्यस्ता अधिकांश पसल बन्द छन् । सरकारले अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई आग्रह गर्दा पनि त्यस्ता पसल पनि बन्द देखिएका छन् ।  तस्वीर : रासस

सरकारले लकडाउन गरेको तेस्रो दिन बिहीबार सुनसान देखिएको माइतीघर सडक ।

प्रतिक्रिया दिनुहोस्