काठमाडौं, १३ चैत ।
नेपाल प्रहरीका नवनियुक्त एआइजीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बधाई र निर्देशन दिएका छन् ।
बिहीबार गृह मन्त्रालयमा भएको सामूहिक भेटमा मन्त्री बादलले सफल कार्यकालको शुभकामना दिदै जिम्मेवारी इमान्दारीपुर्वक पालन गर्न निर्देशन दिए ।

‘ मुलुक अहिले कोरोनाले उत्पन्न गरेको संकटमा छ, यसबेला सुरक्षा निकायको भुमिका थप बढी हुन्छ, यो हाम्रो परिक्षाको घडि पनि हो,’ प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई समेत रहेको भेटमा मन्त्री बाललले भने,‘ लकडाउनलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, लकडाउन जनताकै स्वास्थ्यको लागि हो भन्ने सम्झाउनुहोस्, जनतालाई नम्र भएर यसको पालना गराउनुहोला ।’
जनतालाई कुनै समस्या भए तत्काल पुग्न, कालाबजारीको अनुगमन बढाउन मन्त्रीले निर्देशन दिएका छन् । स्वास्थ्य संस्थाका गतिविधि पनि निगरानी बढाउन पनि उनले जोड दिएका छन् । गृहसचिव महेश्वर न्यौपानले पनि एआइजीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जनअपेक्षा अनुरुपको काम गर्न निर्देशन दिएका छन् ।
बुधबार फुली लगाएका एआईजीहरु तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पाललाई मन्त्रीले बधाई र निर्देशन दिएका हुन् ।











