Logo
Logo

बाजुरा उपनिर्वाचनमा एमालेले गठबन्धनका लागि केन्द्रलाई आग्रह गर्ने


1.4k
Shares

कैलाली । बझाङको प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा एमालेले नयाँ गठबन्धनबाट भागबन्डा दिलाउन सुदूरपश्चिम प्रदेश कमिटीमार्फत केन्द्रमा आग्रह गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनका जिल्लाले तीन जनाको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रका लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरेको हो ।

उक्त नाम केन्द्रमा पठाउँदै उक्त क्षेत्रमा एमाले निर्वाचन लड्नेगरि केन्द्रमा सहमति गर्न आग्रह गर्ने निर्णय भएको प्रदेश सचिव रणबहादुर चन्दले बताए ।

प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएको र अर्को प्रदेशमा माओवादी केन्द्रमा भीम भण्डारी निर्वाचित रहेको हुँदा रिक्त रहेको क्षेत्र एमालेका लागि सुरक्षित गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए ।

कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र रिक्त रहेको छ । त्यसैले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । नयाँ गठबन्धन अनुसार मिलेर चुनावमा जाँदा एमालेका लागि सिट सुरक्षित हुने एमालेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्