काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिलृ बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

यसअघि गत शुक्रबारको नेपाली कांग्रेसको अवरोधपछि बैठक प्रभावित भएको थियो । कांग्रेसले सहकारी अनियमिततामा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।














