Logo
Logo

गृहमन्त्री र आईजिपीकै लापरबाही


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ चैत ।
सरकारले कोरोना संक्रमण रोक्न घरभित्रै बस्न र अत्याबश्यक कामले निस्कनुपर्दा समेत मास्क र स्यानिटाइजरको प्रयोग गर्न भनेको छ । तर, यस्तो नियम पालना गराउने उच्च अधिकारीहरुले नै नियम तोडेका छन् ।


बिहीबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली लगायतले नियम तोडेका हुन् । उनीहरुले तीन फिटको दुरी काम नगखी बैठक राख्नुका साथै मास्क समेत लगाएका थिएनन् । साथै कुम जोडेर फोचो समेत खिचाए ।
नवनियुक्त एआईजीहरुलाई बधाई र निर्देशन दिने कार्यक्रममा यस्तो लापरबाही भएको हो । जसमा गृहसचिव महेश्वर न्यौपोने र एआईजीहरु तारिणी लम्साल, शैलेश थापा र हरि पाल थिए । उनीहरुको यस्तो गतिविधिले उच्च पदस्थलाई जोखिम बढेको र यसबाट सर्वसाधरणमा समेत गलत सन्देष गएको छ । जबकी गत आइतबार मन्त्रिपरिषद् बैठक बस्दा समेत सबैले दुरी कायम गरी मास्क लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्