Logo
Logo

कोरोना उपचारका लागि नर्भिकले बनायो १५ शैयाको आइसोलेसन वार्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ चैत ।
नर्भिक अस्पतालले १५ शैयाको सुविधासम्मपन्न कोरोना आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ। अस्पतालले मूल भवनभन्दा छुट्टै नयाँ वार्ड बनाएको हो। उक्त वार्डमा बिरामीको उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण तथा पूर्वाधार रहेको अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए।


कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि अस्पतालले सुविधासम्पन्न आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो।
यसअघि नर्भिकका अध्यक्ष चौधरीले कोरोना उपचार कोषमा एक करोड सहयोग गर्ने घोषणा समेत गरेका थिए। चौधरीका अनुसार सरकारद्वारा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनले पनि सहयोग गर्न लागेको हो।
कोरोना उपचारका लागि निजी अस्पतालले छुट्टै शैया बनाउने नर्भिक पहिलो अस्पताल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्