Logo
Logo

महरा सीआइबीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै


3k
Shares

रुपेन्देही । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार बिहान रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो । महरा दाङ जाँदै थिए ।

महरालाई भैरहवा बिमानस्थलबाट यतिएयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै गरिएको प्रहरी स्रोतले जनाएको छ ।
शुक्रबार गृहमन्त्री रवि लामिछानेले सुन प्रकरणमा महरालाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । त्यसपछि महरा प्रहरीको निगरानी थिए ।

सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका थिए ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार आएपछि सत्यतथ्य जाँचबुझ गर्न संसदमा माग उठेको थियो ।

महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्