
काठमाडौं । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुखमा ज्ञवालीलाई नियुक्त गर्ने शंकास्पद रहेको बताएका हुन् ।
‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ,’ उनले भने ।
यही चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरूवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो ।














