Logo
Logo

प्रधानमन्त्री ओली अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १४ चैत ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राति मुटुमा केही समस्या भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।


निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको हो । हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
’उहाँको स्वास्थ्य अहिले ठिक छ। राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं। उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो,’ डा. सिंहले भनिन्, ’अहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं।’
गत महिना प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनी आराम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्