Logo
Logo
इलाम उपनिर्वाचन

यी हुन एमालेबाट सुहाङसहित सिफारिस भएका ६ उम्मेदवार


1.4k
Shares

काठमाडौं । इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनका लागि एमालेबाट ६ जनाको नाम सिफरिस भएको छ । मंगलबार बसेको एमाले प्रदेश कमिटीको बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्लाबाट आएका आकांक्षीहरु मध्येबाट ६ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । सिफारिस हुनेहरुमा स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र रिप्पल राई छन् ।

प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने छ । सुवास नेम्वाङको निधन भएपछि इलाम– २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्