Logo
Logo

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गरियोस् : कांग्रेस


378
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमाथि छानविनका लागि आगामी बैठकसम्म संसदीय छानविन समिति गठन गर्न अल्टिमेटम दिएका हुन् ।

प्रधानमन्त्रीले मंगलबारको संसदमा गृहमन्त्रीविरुद्ध प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको दाबी गर्दै उनले आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सदन सत्तापक्षले अवरोध गरेको हुने ठहरिने बताए । उनले गृहमन्त्री लामिछानेले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाए ।

‘कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ । प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन । सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवारपूर्ण भनाइ राख्नुभयो । त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा,’ उनले भने, ‘सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ । बजेटको छलफलको विषयमा हामी तयार छौँ । अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुप¥यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ ।’

प्रतिक्रिया दिनुहोस्