Logo
Logo

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टामात्र : प्रेम सुवाल


126
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामको न्यूनतम साझा कार्यक्रम कागजको खोस्टामात्र भएको टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम कागजको खोस्टामात्र भएको बताउका हुन् ।

मंगलवार सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको बताए ।

गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि उनले सरकारलाई सुझाव दिए । उनले प्रांगारिक खेतीबारे क्युबाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्