Logo
Logo

इलाम र बझाङ उपनिर्वाचनबारे प्रदेशबाट रिपोर्ट माग्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वैशाखमा हुने इलाम र बझाङको उपनिर्वाचनबारे प्रदेश र जिल्ला कमिटीबाट रिपोर्ट माग्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले ती जिल्लाको रिपोर्ट सम्बन्धित कमिटीबाट रिपोर्ट लिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा इलाम र बझाङको उपनिर्वाचनका लागि प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको जानकारी दिए ।

उपनिर्वाचनका उम्मेदवारबारे सत्ता गठबन्धनसँग पनि छलफल गर्ने नेता खतिवडाको भनाइ छ । ‘उपनिवार्चनको बारेमा सत्ता गठबन्धनका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

साथै उम्मेदवारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ’, खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्