Logo
Logo

विनोद चौधरीसँग बयान लिन सुरु


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन थालिएको छ ।

बिहीबार बिहान जिल्ला सरकारी वकिल कार्यालय पुगेका उनलाई सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूले बयान लिन थालेका हुन् ।सीआईबी स्रोतका अनुसार छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको छ ।

त्यसैगरी सीआईबीले बुधवार उनका भाइ वसन्त चौधरीलाई पनि घटना विवरण कागज गराएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । उनी सांसद विनोद चौधरीका कान्छो भाइ हुन् । जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण ‘हाजिर जमानी’मा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्