
काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले आयोगको रिक्त सदस्य पदमा चार जनालाई नियुक्त गरिएको जानकारी दिए । नयाँ सत्ता समीकरणपछि यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त रहेको थियो ।














