Logo
Logo

चुडामणि पौडेल सचिवमा बढुवा

यस्ता छन् मन्त्रिपरिषदका तीन निर्णय


1.6k
Shares

काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

साथै बैठकले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुशरेन्द्रबहादुर महत (जुम्ला), प्राध्यापक शिवराज आचार्य (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल १ र जुगल २ हिमाल आरोहण निःशुल्क व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्