Logo
Logo

एकीकृत समाजवादीले दीपक मनाङलाई स्पष्टीकरण सोध्ने


1.1k
Shares

पोखरा । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ ।

एकीकृत समाजवादीको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई सल्लाह नगरी मन्त्री बनेको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । स्पष्टीकरण काम प्रक्रियामै रहेको बताउँदै एकीकृत समाजवादीका गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले भने, ‘पहिलो चरण हामीले स्पष्टीकरण सोध्ने हो र यो केन्द्रले गर्ने हो । मुल रुपमा सोध्ने केन्द्र नै हो । जुन प्रक्रियामा छ ।’

स्वतन्त्रबाट निर्वाचन जितेर मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर, पछिल्लो नयाँ सत्ता समकरणसँगै मनाङेले आइतबार पार्टी छोडेको भन्दै स्वतन्त्र हैसियत बनाउन प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । निवेदन दिएको २४ घन्टा नबित्दै उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्