Logo
Logo

चीनमा साइमेक्स इंक सम्मानित



काठमाडौं । चीनमा निर्मित इलेक्ट्रिक सवारी साधनले विश्व बजारमा आफूलाई पहिलो ब्राण्डको रुपमा स्थापित गर्दै गर्दा नेपालमा पनि बीवाईडीले आफूलाई पहिलो ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

चीनको सिहान सहरमा आयोजित बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्स २०२४ मा नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक Byd Sales Major Contribution Award र Byd Asia Pacific Major Contrivution Distributor, Dealer Award बाट सम्मानित भएको छ । उक्त समारोहमा नेपालबाट बीवाईडीका १० जना डिलरहरुको सहभागीता छ ।

अहिले नेपालको सडकमा दुई हजार १७७ वटाभन्दा बढी बीवाईडीको ईभी गाडी गुडिरहेको छ । नेपालमा उपभोक्ताहरुको विश्वास जित्न सफल बीवाईडीले नेपालको वातावरणलाई ध्यानमा राखेर वृक्षरोपण, बाह्रखरी गल्फ, फुटबल प्रतियोगिता, जाजरकोटका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्नुका साथै वातावरणीय प्रवद्र्धनका कार्यक्रममा सरिक भएको छ ।

नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्सले आफ्नो सुरुवातदेखि नै रचनात्मक काम गर्दै आएको छ । रचनात्मक काम गरेवापत साइमेक्स इंकलाई इमान्दार मेहनत र जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सफल भएकोमा पनि सम्मान गरिएको छ । नेपालबाट गएका डिलरहरुलाई बीवाईडीको हेडक्वाटर सेन्जेन र बीवाईडीको फ्याक्ट्री सिहानमा अवलोकन भ्रमण गराएको थियो । सो अवसरमा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले आज एक समारोहको बिच Major Contribution Award ग्रहण गरेका थिए ।

हिजोआज काठमाडौंका सडकमा नयाँ नयाँ ब्राण्डका इलेक्ट्रिक सवारीसाधन गुडिरहेको देख्न सक्छौं । सुरु सुरुमा इलेक्ट्रिक सवारीसाधनको नाम लिँदा उपभोक्ताले नाक खुम्च्याउँथे । तर, अहिले आफूसँग भएको पेट्रोल र डिजेलका गाडी बिक्री गरेर इभी किन्नेहरुको लाम लाग्ने गरेको छ । त्यसमा पनि बीवाईडी सबैको रोजाइमा परेको छ ।

इभीप्रतिको उपभोक्ताको मोहलाई वातावरणीय मात्र होइन, आर्थिक दृष्टिले पनि सकारात्मक मान्नुपर्छ । एकपटकको फुलचार्जले ३०० देखि ५०० किलोमिटरसम्म गुड्ने विद्युतीय सवारी खरिद गर्दा अलि महँगो जस्तो देखिएपनि चढ्दै जाँदा यसमा खर्च अत्यन्तै न्यून छ । पेट्रोल, डिजेलको खर्च जोगिएसँगै पाटपुर्जा फेर्नुपर्ने, हरेक ४ हजार किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने झन्झट केही पनि छैन । त्यसैले पनि विद्युतीय सवारीप्रति आर्कषण बढेको हो ।

नेपालमा वार्षिक दुई खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । दुई खर्ब बराबरकै पेट्रोलियम गाडी, ल्युब आयल पार्टपुर्जा र खाना पकाउने ग्यास आयात भइरहेको छ । यसले वार्षिक व्यापार घाटालाई बढाउँदै लगेको छ । यसको विकल्पमा विद्युतीय सवारीसाधनका साथै खाना पकाउन इन्डक्सन चुल्हो प्रयोग गर्ने हो भने १०–१५ वर्षमै व्यापार घाटा न्यून हुँदै जानेछ ।

नेपालले पेट्रोलियम पदार्थ उत्पादन गर्न नसकेपनि जलविद्युत् उत्पादन गरिरहेको छ । स्वदेशमै उत्पादित विद्युत्लाई स्वदेशमै खपत गर्ने सोच निर्माण ग¥यौं भने त्यसले अर्थतन्त्रलाई समेत मजबुत बनाउँदै लैजाने छ । पेट्रोलियम पदार्थको आयातमा भइरहेको खर्च जलविद्युत्मा लगाउन सकिन्छ । त्यसका लागि सरकारले दीर्घकालीन योजना र भरपर्दो नीति बनाउनुपर्छ । हरेक वर्ष कर्मचारीलाई तलब खुवाउन पैसा पुगेन भनेर विद्युतीय सवारीमा कर बढाउँदा त्यसले अल्पकालमा सरकारलाई राहत त होला, तर त्यसले आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन सक्दैन ।

हाम्रो छिमेकी देश भारत र चीनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहेको छ । सन् २०३० देखि भारतले पेट्रोलियम पदार्थको गाडी उत्पादनमा प्रतिबन्ध लगाउँदै छ । अर्को छिमेकी चीनले विश्वबजारमा आफ्नो कब्जा जमाइरहेको छ । यस्तो बेलामा नेपालले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने दीर्घकालीन योजना अगाडि सार्न सकेको छैन ।

चीनको बिवाईडी कम्पनीले सन् २०२३ मा ३० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरेर विश्व रेकर्ड तोडेको छ । नेपालमा पनि बिवाइडीका सवारीसाधनप्रति उपभोक्ताको रुचि बढ्दै गएको छ । नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकका अनुसार अहिलेसम्म नेपालमा बिवाइडीको इ–सिक्स, अटो थ्रि, डल्फिन र सिल गरेर २ हजारभन्दा बढी गाडी बिक्री गरेको छ ।

बिवाईडी नै किन ?

बिवाईडी मुख्यतः ब्याट्री निर्माता कम्पनी हो । यसले विश्वका विभिन्न ब्राण्डका इभीलाई ब्याट्री पनि बेच्छ । त्यसैले नेपालमा पनि बिवाइडी ब्राण्डप्रति उपभोक्ताहरुको रुचि बढेको हो । इभी भन्नासाथ ब्याट्रीको कुरा आउँछ । बिवाइडीले आफ्नो उत्पादनमा ब्लेड ब्याट्री जडान गरेको छ । बिलेट ब्याट्रीको सुरक्षामा कम्पनीले ध्यान दिएको छ । बिलेट ब्याट्री अहिलेसम्मकै भरपर्दो र सुरक्षित ब्याट्री हो ।

गत वर्ष बिवाईडीले काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा ब्याट्रीको परीक्षण गरेको थियो । ‘नेल पेनिट्रेसन टेष्ट’ ‘माउन्ट एभरेष्ट’ नाम दिइएको उक्त परीक्षणमा ब्लेड ब्याट्री र एनसिएम ब्याट्रीमा पिनले घोच्दा एनसिएम ब्याट्री पड्केर आगो लाग्यो भने बिवाइडीले प्रयोग गरेको ब्लेड ब्याट्री सामान्य अवस्थामा रहर्यो ।

बजारमा पाइने इभीमा कुन ब्याट्री जडान गरिएको छ भन्ने कुरामा पनि उपभोक्ताले ध्यान पु¥याउनुपर्छ । ब्याट्री कति खप्छ ? यो आम उपभोक्ताले सोध्ने प्रश्न हो । तर ब्याट्रीमा कुन ब्याट्री प्रयोग गरिएको छ, त्यसमा उपभोक्ताले ध्यान नदिँदा आफूले प्रयोग गरेको ब्याट्री सवारीसाधन दुर्घटना हुँदा ब्याट्री पड्केर आगो लाग्न पनि सक्छ । नेपालमै पनि कतिपय इभी चार्ज गर्दागर्दै ब्याट्री पड्केर आगो लागेको घटना छ । त्यसैले इभी किन्दा ब्याट्रीमा पनि उपभोक्ताहरु सचेत बन्नुपर्छ ।

भिआइपीको रोजाइमा बिवाईडी

नेपालमा बिवाइडीले सुरुमा इ–सिक्स इभी भित्र्याएको थियो । सुरुकै लटमा आएको इ–सिक्स पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चढिन् । वातावरणप्रति सचेत भण्डारीले चढेको इ–सिक्स इभी सवारीसाधनमा अहिलेसम्म कुनैपनि समस्या नआएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले बताएका छन् ।

त्यसपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले, तत्कालीन र वर्तमान अर्थमन्त्री वर्षमान पुन, तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि बीवाइडी चढ्दै आएका थिए । त्यसपछि बिवाइडीको अटो थ्रीको ब्राण्ड एम्म्बेसडर बनेका कलाकार हरिवंश आचार्यदेखि मिस नेपालसम्मको रोजाइमा अटो थ्रि पर्यो । नेपालमा मात्रै अहिलेसम्म १५ सय वटाभन्दा बढी अटो थ्रि बिक्री भएको छ ।

मध्यम वर्गीय परिवार र युवाहरुमाझ अटो थ्रीप्रति आकर्षण बढ्दो छ । त्यसैगरी महिलाहरुको रोजाइमा डल्फिन कार परेको छ । केही भिआइपीले भर्खरै लन्च गरेको सिल कार मन पराएका छन् । यसरी दिनप्रतिदिन बिवाईडीको उत्पादनप्रति नेपाली उपभोक्ता आकर्षित भएका छन् ।

नेपालको उपभोक्ता बीवाईडी ब्राण्डप्रतिको आकर्षण र विश्वासनियताको लागि बीवाईडी कम्पनीले एक समारोहका बिच साइमेक्स इंकलाई आज सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्