Logo
Logo

कृषि विकास बैङ्कको आधार दर घट्यो



काठमाडौं । कृषि कार्यका लागि आवश्यक प्राविधिक र वित्तीय सहायता प्रदान गर्नका लागि वि.स.२०२४ सालमा स्थापना भएको कृषि विकास बैंक लि. हाल प्राविधिक, वित्तीय, व्यवस्थापकीय र संस्थागत हिसाबले अब्बल बन्दै गएको छ । 

निक्षेप तथा कर्जा व्यवस्थापनमा खास ध्यान दिई निक्षेप तथा कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आधार दर क्रमशः घटाउँदै लैजान बैंक सफल भएको छ । 

कृषिलाई नछोड्ने, अरूलाई जोड्ने दिर्धकालीन नीति अवलम्बन गरेको यस बैङ्कले सरकारी कारोबार, साना किसानको लागि सरल कृषि कर्जा लगानी, साना तथा मध्यम उद्योगका लागि लगानी गर्दै आएको बैङ्कले हालका दिनमा ठूला आकारका व्यावसायिक कर्जामा समेत जोड दिँदै आएको छ । बैङ्कको बेस रेट घटे सँगै यस बैङ्कको लगानी क्षमतामा उच्च वृद्धि भएको छ । 

बैङ्कले चैत्र महिनाको लागि आठ दशमलव आठ आठ अङ्कको आधार दर सार्वजनिक गरेको छ । यो सँगै बैङ्कको व्यावसायिक कर्जा लगानीको ब्याजदर दश दशमलव आठ आठ अं कमा झरेको छ । 

निजी क्षेत्रका बैङ्कहरूको आधार दर बढिहरेको हालको अवस्थामा कृषि विकास बैंक लि.को आधार दर भने उच्च अङ्कले घटेको छ । आधार दर घटे सँगै किसानले उपयोग गरेको कर्जाको ब्याजदर पनि घटेको छ । 

कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा बढी रहेको बैङ्कले संस्थागत तथा व्यक्ति हायर पर्चेज कर्जामा जोड दिएको छ । निजी सवारी साधन खरिदका लागि खरिद मुल्यको ६५ प्रतिशत र विद्युतीय गाडीमा ८० प्रतिशत सम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने बैङ्कले उल्लेख गरेको छ ।

किसानको कर्जाको ब्याजदरको असर समग्र आर्थिक प्रणालीमा हुने गर्दछ । कम ब्याजदरले कृषि उत्पादनको लागत घट्न गई बजारमा मूल्य वृद्धिको चापमा कमी आउने गर्दछ । निज क्षेत्रका बैंक तथा वित्तीय संस्था भन्दा अब्बल हिसाबले कारोबार गरी रहेको यस बैङ्कले आगामी दिनमा अझै आधार दर घटाउँदै लैजाने योजना रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्