Logo
Logo

कृषि विकास बैङ्कद्वारा विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन



काठमाडाैं । कृषि विकास बैंक लीद्वारा धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । बैङ्कको मधेस प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीद नगर नगरपालिका–३ स्थित श्री जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो । 

विश्वव्यापी साप्ताहिक पैसाकोको अवसर पारेर बैङ्कद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन सङ्कायतर्फका विद्यार्थीहरू र सोही विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए । 

बैंकका मधेश प्रदेश निर्देशक तिलक प्रधानको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथीको रुपमा बैंकका उपमहाप्रबन्धक डा।बाबुकाजी थापा रहेका थिए । करिब ९० जनाको सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साह, व्यवस्थापन संकायका संयोजक गजेन्द्र यादव, बैंकका कर्मचारीहरु महेश साह, रामसेवक साह, संजीव यादव, स्थानीय अगुवा कृषक कन्हैया प्रसाद मुखिया लगायत विद्यालयका शिक्षकहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रशिक्षण गर्दै उपमहा प्रबन्धक डा।थापाले बालबालिकाहरूले बेलैमा बचत गर्ने बानीको विकास, पुँजीको संकलन, रकमको सदुपयोग जस्ता विषयमा ध्यान दिनुपर्ने बताए ।

आर्थिक अवस्था सुदृढ गर्न घर मुली, परिवारको सदस्य सबैको भूमिका हुने भएको हुँदा आम्दानीको बढी अंश उत्पादनमूलक क्षेत्रमा खर्च लगाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रशिक्षण दिदै उपमहा प्रबन्धक डा।थापाले सहभागि विद्यार्थीहरुलाई बैंकिङ्ग प्रणाली, कृषि विकास बैंकमा उपलब्ध डिजिटल प्रोडक्टहरु, पैसा राख्ने तरिका, सफा नोट जस्ता विषयमा जानकारी गराएका थिए । 

अन्तरक्रियात्मक कक्षाका क्रममा सहभागि विद्यार्थीहरुबाट कृषि विकास बैंक तथा डिजिटल प्रोडक्ट सम्बन्धमा व्यक्त भएका विभिन्न जिज्ञासाहरूको विषयमा जवाफ दिएका थिए ।

बचत, बचतको सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषताहरु विषयमा छोटो समयमा सहजतरिकाले जानकारी पाईएको हुँदा कार्यक्रम निकै उपलब्धिमूलक भएको सहभागि मध्ये कक्षा ११ की छात्रा पूनम यादवले प्रतिक्रया दिए । 

यस्ता कार्यक्रम समय समयमा आयोजना भएमा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई निकै फाइदाहुने भन्दै यदुकुहामा कार्यक्रम आयोजना भएकोमा विद्यार्थी गंगा यादवले खुसि व्यक्त गरे । 

नेपाल राष्ट्र बैङ्कको आह्वानमा यस वर्ष मार्च १८ देखि मार्च २४ लाई आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने नारा सहित विश्वव्यापी साप्ताहिक पैसाको रुपमा मनाइदैछ । 

निर्देशक प्रधानले कृषि विकास बैंकले समय समयमा यस्तो वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गरिरहने बताए । ‘सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक’ का रुपमा परिचित कृषि विकास बैंक लि, ग्रामिण जनताको पहिलो रोजाईको बैंक भएको दाबी समेत उहाँले गरे । कार्यक्रम सञ्चालन बैंकको प्रदेश कार्यालयका कानुन अधिकृत राज किशोर मेहताले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्