Logo
Logo

नेपाल एयर लाइन्सको विमान दुर्घटना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ चैत । नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौं उडेको विमान नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा विमान चिप्लिएर दुर्घटना भएको हो ।
विमान चिप्लिएर दुई सय मिटर पर झाडीमा पुगेको जनाइएको छ । उक्त वमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको बुझिएको छ ।
विमानमा तीनजना चालक दलका सदस्य र दुई जना चिकित्सक रहेका थिए । उनीहरु सकुशल रहेको विमानस्थल सुरक्षामा रहेका प्रहरीले जनाएको छ । मानवीय क्षति नभएपनि विमानमा क्षति भएको जनाइएको छ । थप समाचार आउँन बाँकी ।

प्रतिक्रिया दिनुहोस्