Logo
Logo

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


जेनेभा, १५ चैत (एपी) । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् ।
राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन ।
बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारीमध्ये बिहिबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।
त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्