Logo
Logo

उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ


315
Shares

काठमाडौं । फागू अर्थात् होलीको दिन आज काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि होलीलाई व्यवस्थित गर्न प्रहरीले ठाउँ ठउँमा चेकिङ गरिरहेको छ ।

होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले आज काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखानालगायत मुख्य चोक चोकमा चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले होली पर्वलाई सुव्यवस्थित बनाउन सतर्कताका साथ होली खेल्न सबैलाई आग्रह गरेको छ । साथै, प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । नेपाल प्रहरीले आज काठमाडौंका ९० भन्दा बढी स्थानमा चेकजाँच गर्न प्रहरी खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्