Logo
Logo

आयरल्यान्ड वुल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य



काठमाडौं । ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल खडा गर्‍यो ।

आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले ४६ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए । थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन थप्दा आयरल्यान्ड वुल्भ्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका ललितनारायण राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।

नेपालले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्