काठमाडौं । सुन्तलालाई छिट्टै राष्ट्रिय फल घोषणा गर्ने कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बताएका छन् । उनले सुन्तलालाई मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय फल घोषणा गर्न लागेको बताए ।

२०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने समेत उनले बताए । सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
मन्त्री साहले सुन्तला सम्बन्धी विषय केही दिनमा मन्त्रिपरिषद्बाट पास गर्ने प्रक्रियामा आफू लागेको उल्लेख गरे । सुन्तला स्वादिलो सुन्तला खान सजिलो, राम्रो उत्पादन हुने भएकाले राष्ट्रिय फल घोषणा गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए ।
उनले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताए । साहले किसानहरूलाई पहिचान गरी किसान परिचयपत्र दिने गरी मन्त्रालयमा काम अगाडि बढाएको बताए ।














