Logo
Logo

स्पट फिक्सिङ प्रकरणः क्रिकेटर आदिल र महबुबले पाए सफाइ



काठमाडौं । जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले फिक्सिङको आरोप लागेका अन्सारीसहित पाँच जनालाई दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो । सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नवीन कँडेल र रवी माझी रहेका छन् ।

कीर्तिपुर मैदानमा गएको वर्ष पुस ९ देखि पुस २७ सम्म नेपाल टी–२० लिगको प्रतियोगिता भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०, विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान गरेका थिए ।

अनुसन्धानकै क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा युवा अलराउन्डर महोम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम, नितेश गुप्तासहित पक्राउ परेका थिए । आदिलले नेपालबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी हुन् ।

उनीहरूविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्