Logo
Logo

भारतमा मोदीको हार हुने र हंग पार्लियामेन्टको सम्भावना


- दृष्टि न्युज/संवाददाता



भारतमा आगामी अप्रिल देखि मई महिनाको विचमा लोकसभाको चुनाव हुँदैछ । लोकसभाको ५४३ सीटमा जसले वहुमत अर्थात २७२ भन्दा वढी स्थानमा विजय प्राप्त गर्दछ, त्यस पार्टीको नेता भारतका आगामी प्रधानमन्त्री वन्ने छन् ।

यहि माघ ६ गते कोलकातामा विपक्षी २३ वटा दलहरुको विशाल संयुक्त जनसभा भयो । यसले भारतको आगामी चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ताधारी दल भाजपाको हार हुने सम्भावना वढेको वताइन्छ ।

यदि २३ दलहरु चुनाव सम्म मिलेर नै मैदानमा ओर्ले भने मोदीको दल भाजपालाई वहुमत जित्न अवश्यपनि कठिन हुनेछ ।

नरेन्द्र मोदी सरकारले आफ्ना चुनावी वाचाहरु पनि सबै पुरा नगरेको तथा नोटवन्दी लगायतका कदमहरुले जनता विच्किएको स्थितिले उनको लोकप्रीयता तल झरेको छ ।

सन् २०१४ को चुनावमा मोदीको लोकप्रीयता शिखरमा थियो । उनको विकासको नाराले धेरैको मन छोएको थियो । कंगे्रस सरकारको लामो शासनकालको विकल्पको रुपमा मोदी प्रति आकर्षण वढेको थियो । त्यसैले गर्दा अघिल्लो चुनावमा केवल ११६ सीट मात्र जितेको भाजपाले ०१४ को चुनावमा २८२ सीट अर्थात एकल वहुमत ल्याएर मोदी प्रधानमन्त्री वन्न सफल भए ।

तर भारतको नोकरशाही तन्त्रलाई छिचोलेर आर्थिक विकासको गतिलाई तीब्रता दिन मोदीले सकेनन् । चरम वेरोजगारीको तुलनामा रोजगारीको अवसरहरु निकै कम खुले । किसानहरुको समस्या झन् वढ्न गयो । युवाहरुमा असन्तोष वढ्न गयो । अल्पसंख्यकहरु माथिको विभेदले अल्पसंख्यक समुदाय थप चिढिन गयो ।

भोली भोली भन्दा भन्दै मोदीको कार्यकाल सकियो । उनले समय मै दृढ पाइला चाल्न सकेनन् । आर्थिक क्रान्तिको गतिलाई चौतर्फी वनाउन सकेनन् ।

तर चुनाव नभएसम्म केही भन्न नसकिने संसदिय व्यवस्थाको विशेषता नै हो । मोदीको विकल्पमा स्थिर सरकार विपक्षीहरुले दिन सक्छ वा सक्दैन भन्ने टुंगो छैन । सबै विपक्षीहरु मिलेर नै चुनावमा जान्छन् भन्ने निश्चित अझै देखिन्न ।

यदि विपक्षीहरु चुनावमा मिलेर गएभने मोदीको हार निश्चित मानिएकोछ । ंगत चुनावमा भाजपाले देशभरीवाट कूल १७ करोड १६ लाख मत पाएको थियो । कंग्रेसले १० करोड ६९ लाख पाएको थियो । तर विपक्षीहरु सबैको मत जोड्ने हो भने २० करोड ३३ लाख हुन्छ । त्यो वेलाको मत भन्दा अहिले भाजपाको लोकप्रीयता घटेको छ । तसर्थ विपक्षीहरु सबै एकजुट भए भाजपाको हार निश्चित मानिएको छ ।

भाजपाको हार भएपनि कस्तो हार हुनेछ भन्नेमा अनुमानहरु शुरु भएको छ । धेरैको अनुमान भाजपाले वहुमत मात्रै नपाउने तर वलियो विपक्षी रहने हुनसक्छ भन्ने छ । साथै कुनै एक दलले वहुमत पाएर सरकार चलाउने अवस्था नहुन सक्छ र कसैकोपनि वहुमत नभएको हंग पार्लियामेन्ट वन्छ कि भन्ने अनुमान धेरैको छ ।

केहीको अनुमान भने विपक्षी एकजुट हुन कठिन हुने तथा मोदीको विकल्प अझै तयार नभएकोले मोदी कै दलको सामान्य वहुमत आउन सक्ने वा संसदमा ठुलो दल मोदी कै हुन सक्ने भन्ने पनि छ ।

नेपालको लागि भने जुनसुृकै दल भारतको सरकारमा आएपनि खासै फरक नपर्ने गरेकोछ । भाजपाले भन्दा अगाडि कंग्रेस सरकारले पनि नाकावन्दी गरेको थियो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्