Logo
Logo

कर्णाली नदीमा हाम फालेका १७ जनामध्ये ३० वर्षीय शाही अझै भेटिएनन्


2k
Shares

काठमाडौं । कैलालीको चिसापानीस्थित पुलबाट कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।

विभिन्न मिडियामा शव भेटिएको भन्दै समाचार सम्प्रेषण गरिएपनि सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै नभेटिएको प्रहरीले जनाएको छ । अन्य १६ जना भने सकुशल नदीबाट बाहिर निस्कन सफल भएका थिए ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताए । सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्