Logo
Logo

यती एयरलाइन्समार्फत पोखरा पुगेकी थिइन् संक्रमित युवती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ चैत ।
कोरोना संक्रमण देखिएकी बाग्लुङकी युवती यती एयरलाइन्समार्फत काठमाडौंबाट पोखरा गएको खुलेको छ । बेल्जियमबाट फर्केकै दिन यतीको फ्लाइट नम्बर ६७९ मार्फत पोखरा गएकी थिइन् । उनीसँगै सो विमानमा पोखरा गएकाहरुलाई समेत संक्रमण भएको आशंकमा खोजी सुरु भएको छ ।


त्यस्तै पोखराबाट उनी जीप चढेर बाग्लुङ पुगेकी थिइन् । त्यो जीपमा सवारको पनि खोजी सुरु भएको छ । गाउँमा पनि उनी क्वारेन्टाइनमा नबसेकाले उनले अरुलाई रोग सारेको आशंका गरिएको छ । उनका परिवार र भेटेका अन्य व्यक्तिको आइतबार परीक्षण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्