काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा लगाएको ताला अझै पनि खुल्न सकेको छैन । बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले ताला लगाएका थिए ।

पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा आपत्ति जनाउँदै विद्यार्थीहरूले चैत ५ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका थिए । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरूले उठाएका मागका विषयमा चैत ९ गते छलफल गरेका थिए । छलफलमा उनले विवाद समाधान गरेर कलेजको पठनपाठन सुचारु गर्न निर्देशन समेत दिएका थिए ।
बैठकमा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा.दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसीको सहभागिता थियो ।














