Logo
Logo

आयरल्यान्ड वुल्भ्सविमाथि नेपालको सानदार जित



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो टी-२० खेल नेपालले ७१ रनले जितेको छ ।

योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो ।

नेपालले १९औँ ओभरको अन्तिम तीन बलमा तीन विकेट लिएपछि आयरल्यान्ड १२७ रनमै समेटिएको हो । सोमपाल कामीले गरेको उक्त ओभरको पहिलो बलमा लियम म्याकार्थी बोल्ड, दोस्रो बलमा बेन ह्वाइट ‘कट एन्ड बोल्ड’ र तेस्रो बलमा ग्यारेथ डेलानी रनआउट भए ।

आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले २६ रन बनाए । मोर्गन टोपीङले २१ र क्याड कार्मिचेलले १८ रन थपे । यस्तै, रोस अडाएर र कप्तान नेइल रकले समान १७ रन जोड्दा ग्यारेथ डेलानीले १५ रन बनाए ।

नेपालका सोमपाल र कुशल मल्लले समान तीन विकेट लिए । यसबाहेक करण केसी, विवेक यादव, सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए । मपाल कामीले एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्