हेटौँडा । बागमती प्रदेश सरकारलाई दिएको समर्थन हाम्रो पार्टी नेपालले फिर्ता लिएको छ । दुई सदस्य रहेको हाम्रो नेपाली पार्टीले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको हो ।

हाम्रो नेपाली पार्टीले गत वर्ष २५ पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो ।
पत्रमार्फत हाम्रो पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ । बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडा, बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई जानकारी पत्रमार्फत जनाकारी गराएको हो ।
यसअघि तत्कालीन कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।














