Logo
Logo

आज दुई संसदीय समितिको बैठक बस्दै


567
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्