काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा एक जना महिलाको शव भेटिएको छ । एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी परिसर, ललितपुरको टोली घटनास्थलमा पुगेको एसएसपी शेखर खनालले बताए ।

एसएसपी खनालले तेह्रथुम घर भएका ३४ वर्षीया अन्जु लिम्बुको शव रहेको बताए । उनी एकान्त कुनाको रामेछाप भोजनालयमा काम गर्दै आएका थिए ।
उनका अनुसार, शव केही दिनअघिबाटै त्यहाँ रहेको जस्तो देखिएको छ । ‘एउटा कोठा भाडामा लिएर बस्नुभएको रहेछ, दुई÷चार दिन अगाडि नै मृत्यु भएको जस्तो देखिन्छ’, खनालले भने, ‘थप अनुसन्धान सुरु गरेका छौं ।’














