Logo
Logo

घाँस काट्ने निहुँमा विवाद हुँदा श्रीमतीको हत्या



जनकपुरधाम । रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा वृन्दावन नगरपालिका– १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् ।

धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम प्रकाश खनालका अनुसार घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

डीएसपी खनालका अनुसार श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । आफ्नै घाँटीमा हँसियाले रेटेको अबस्थामा तीर्थलाई नियन्त्रणमा लिइ उपचार गराएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्