Logo
Logo

आरजुले नयाँ दिल्लीमा गराइन् शल्यक्रिया



काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको थाइराइडको शल्यक्रिया गरिएको हो ।

आरजुका स्वकीय सचिव कमल रावलले बुधबार उनको शल्यक्रिया गरिएको जानकारी दिएका हुन् । स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने उनले बताएका छन् । आरजु विगत दुई वर्षदेखि थाइराइडबाट ग्रसित थिइन् ।

प्रतिक्रिया दिनुहोस्