Logo
Logo

इलाम-२ मा राप्रपाकाे उम्मेदवार लक्ष्मी गुरुङ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले इलाम–२ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ । राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्