Logo
Logo

ठेक्का विवादमा सेना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ चैत । प्रधानसेनापति पूर्णचन्द्र थापा विगतमा नेपाली सेना भित्र भएका भ्रष्टाचार तथा अनियमितताप्रति निकै कठोर बनेका छन् । थापा प्रधानसेनापतिमा नियुक्त हुनासाथ सेनाकै इतिहासमा पहिलोपटक आफ्नो सम्पति विवरण सार्वजनिक गरेर चर्चामा आएका थिए । भ्रष्टाचारप्रति अत्यन्त कठोर थापाले सेनाभित्र अनियमितता गर्ने सैनिकमाथि कारबाहीसमेत गरेका थिए, जसमा कठमाडौं–तराई दु्रतमार्गमा संलग्न सैनिक अधिकृतहरुसमेत परेका थिए ।
अहिले फेरि काठमाडौं–तराई दु्रतमार्गको डिजाइन, सुपरिवेक्षण तथा परामर्शदाता चयनमा व्यापक अनियमितता भएको छ । परामर्शदाताका लागि पाँच वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । जसमध्ये तीन वटा बोलपत्र दातालाई विनाकारण ‘बिट बन्ड’को निहुँ झिकेर फालिएको छ ।
समाचार स्रोतका अनुसार सेनाद्वारा अस्वीकृत तीन वटा परामर्शदाताले पूर्वाग्रही ढंगले आफ्नो कम्पनीलाई अस्वीकृत गरेको भन्दै सार्वजनिक खरिद कम्पनीमा उजुरी गरेका छन् । उक्त उजुरीमाथि सार्वजनिक खरिद पुनरालोकन समितिले समेत ध्यान दिएको छैन । बोलपत्रमा कर चुक्ता प्रमाणपत्र मागिएको थिएन । त्यसैलाई वहाना बनाएर तीन वटा परामर्शदाता कम्पनीको बोलपत्र अस्वीकृत गरिएको हो ।
दक्षिण कोरियाको युसिन भन्ने कम्पनीसँग सेनाले सेटिङ गरेर अन्य कम्पनीमाथि पूर्वाग्रह राखेको आरोप छ । यसमा सेनाको मुख्यालयले छानविन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्