Logo
Logo

बागमतीमा मन्त्रिपरिषद पुनर्गठन, बज्राचार्य बने मन्त्री



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री जम्मट्टेलले हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनी संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बनेका छन् । नवनियुक्त मन्त्री बज्राचार्यले बिहीबार साँझै पद तथा गोपनियताको शपथ लिएका छन् ।

बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट समावेश भएका ६ जना मन्त्रीले गत फागुन २३ गते राजीनामा दिएर पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिएका कारण वर्तमान मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका थिए । उनले यही चैत २३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्