Logo
Logo

बिहीबार रद्द भएको नेपाल ‘ए’ र आयरल्याण्डबीचको खेल आज हुँदै



काठमाडौं । वर्षाका कारण बिहीबार रद्द भएको आयरल्याण्ड ए र नेपाल ‘ए’ बीचको टी–२० क्रिकेट आज हुँदैछ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको थियो ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो । आजको खेल पनि त्रिवि मैदानमा दिउँसो १ बजेदेखि सुरू भएको छ । नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्सविरूद्ध टी–२० पछि एकदिवसीय सिरिज पनि खेल्नेछ ।

विश्वकप २०२४ को अभ्यास खेलका लागि आयरल्याण्डको टोली नेपाल आएको थियो । सोही टोलीसँग नेपालको राष्ट्रिय टिमले दुईवटा टी–२० खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालको ‘ए’ टिमले आज र भोलि र सोमबार टी–२० सिरिज खेल्नेछ भने चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्