Logo
Logo

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारबाही गर्ने



काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ ।

हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध सपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने जानकारी दिएका हुन् ।

चैत्र ३–४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले मौजुदा गठबन्धनलाई समर्थन नदिने निर्णय गरेको थियो । तर, सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाई कारवाही गर्ने हानेपाले तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्