Logo
Logo

डाक्टर प्रतिभा छाउनीस्थित घरमै मृत भेटिए



काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।

कपडाको सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटेपछि आफूले तुरुन्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगेको भण्डारीले प्रहरीलाई जानकारी गराएका छन् । सैनिक अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत कालिमाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्